Skip to main content

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस
पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा
गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर
अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई
उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित
तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो।
माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट
भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार
हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा
हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो
तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा
डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको
अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो
विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन,
विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चुरीफुरी झार्न दाङ
र गौरमा घटाइएको नरसंहार घटना राजनीतिक वृत्तमा ऐतिहासिक रहने गरेको छ।
खुम बहादुरका गुण्डाहरुले पनि निकै चर्चा पाउने गरेका थिए। गौर
हत्याकाण्डको विशेष योजनाकार खुमबहादुर खडकाको निकट रहेका बबन सिंह नै
हुन्।
साप्ताहिक पुनर्जागरणले खुमबहादुर खडकाका बारेमा गरेको टिप्पणीमा भनिएको
छ-ँकांग्रेस नेता खमबहादुर खडकाले पार्टर्ीीभत्रका तरुणहरुलाई आकषिर्त
गर्ने र सुषुप्त कांग्रेस दललाई नयां जीवन दिने उद्येश्यले मात्र माओवादी
चुनौतिको सामना गर्न हतियारबन्द दस्ता गठनको आवश्यकतामा जोड दिएका भए
त्यो उनको अभिव्यक्ति त्यति धेरै प्रतिध्वनित हुने थिएन। उनको त्यो
अभिव्यक्ति वर्तमान राजनीतिको चुरो पक्रेर आएको र त्यो अभिव्यक्ति
अनुभवको नौनी खारिएर निक्लिएको निख्खर घिउ भएकोले त्यसले देशभित्र र
बाहिर उत्तिकै स्केलको कम्पन गराएको हो। खुमबहादुर खडका कांग्रेसका
क्रान्तिकारी स्कूलका विद्यार्थी हुन्, त्यसैले हतियारको मर्म र महत्वलाई
उनले बुझेका छन्, त्यसलाई कहां, कहिले, कसरी चलाउनर्ुपर्छ त्यो पनि
राम्ररी बुझेका छन्। पर्ूव गृहमन्त्री भएकाले राज्यको शक्ति र सीमाको
हेक्का उनलाई छ र नेपाल प्रहरी र सशस्त्र प्रहरीका सूचना नाकामा पनि उनको
पहुंच र प्रभाव कति प्रभावकारी छ त्यो कसैबाट लुकेको छैन। माओवादीको
उचाई, आयतन र शक्तिको श्रोत मात्र होइन उसले आर्जन गरेको म्यानुभरेविलिटी
पनि हतियारबाट पुष्पित एवं पल्लवित भएकाले हतियारको सामना गर्नहतियार
भिर्नुको विकल्प छैन भन्ने उनको निष्कर्षवर्तमानको ठोस यथार्थको सटिक
प्रतीक बन्न पुगेको हो।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स